शेयर बजारः घाटामा साना लगानीकर्ता, यस्ते छ कारण

संजीब ढुङ्गाना

काठमाडाैँ । अहिलेकाे शेयर बजार अाेरालाेमा छ । तर सामान्य बजारमा कस्ता लगानीकर्ताहरू घाटामा हुन्छन् त, के हाे त  कारण ? प्राय नयाँ लगानीकर्ताहरूकाे यस्ताे प्रश्न हुन्छ ।

शेयर बजारमा धेरैजसाे साना लगानीकर्ताहरूनै घाटामा रहन्छन् । कारण प्रस्ट छ, राम्रो शेयरलाई निकै चाँडो बेच्ने, अनुमानकाे भरमा लगानि, ब्यालेन्ससिट नहेर्ने बानि जस्ता कारणले साना लगानीकर्ताले नबुझेको भरमा धेरै क्षति व्यहाेरिरहेका हुन्छन् । साना लगानीकर्ताको चाहना सजिलाे सल्लाहनै हुन्छ। दिमागलाई कम खर्चिएर नै लगानी गर्न तत्तपर हुन्छन् ।

लगानीकर्तालाई शेयरमा प्रवेश गर्ने वित्तिकै हतपत पैसा कमाउने सोचमा हुन्छ । उनिहरुमा यो धारणा पनि हुन्छकी शेयर बजार झटपट पैसा कमाउने थलो हो । यो सोच्दै गर्दा उनिहरुले यो बिर्सन्छन कि यो क्षेत्र झटपट पैसा गुमाउने पनि ठाउँ हो  । यसकारण यहाँ कमाउने भन्दा पनि गुमाउनेका घटना हुनुको मुख्य कारण यही हो ।

साना लगानीकर्ताले जुन शेयरको मूल्य कम छ त्यो सस्तो भनेर किन्ने गर्छन, जबकी यस्तो शेयरको मूल्य सस्तो हो वा हैन भन्ने निर्णय लिनु भन्दा अगाडी कम्पनिको फन्डामेन्टल अभ्यास हुन जरुरी छ । कम्पनी मजबुत तथा विकासाेन्मुख भए उसको मूल्य तल नै हुन्छ र यसलाई सस्तो मानिन्छ ।

तर, भाउ मात्रै कम हुँदा शेयर खरिद गर्न लायक भने हुँदैन । यसको विपरित कयाैँपटक उच्च मूल्यको शेयर पनि मजबुत कम्पनीको हुन्छ र उच्च मूल्यमा नै किन्न योग्य हुन्छ । गिरावटकाे संकेत मात्रै पाए साना लगानीकर्ता त्यसै हडबडाउन थाल्छन तर यसबारे उनिहरु पुरै जानकार हुँदैनन् । 

साना लगानीकर्ताहरु बजामा प्रवेश गर्न निकै समय लगाउँछन् । अधिकतम बजारमा साना लगानीकर्ता त्यही समयमा प्रवेश गर्छन् जब बजारमा शेयरको भाउ अाफ्नो सीमाभन्दा बढी नै उचाे हुन्छ । यस्तो समयमा ठूला लगानीकर्ताले नाफा बुकिङ् गरेर निकाल्न सुरु गरिसकेका हुन्छन् । धेरैजसाे साना लगानीकर्ताहरु अाफ्नो  गल्तीलाई स्विकार्दैनन् । उनिहरु अाफुलाई बजारकाे समझदार ठान्छन् । व्यक्तिलाई कुनै पनि विषयकाे बारेमा जानकारी नभएकाे भए त्यसलाई स्विकार गर्न पर्छ, तर यो मान्न कदापी तयार हुँदैनन् ।

बजार घटेको समय नै कमाउने समय हो भन्ने कसैलाई  लाग्न सक्छ, याे समयमा लगानीकर्ताहरू सानो पुँजीले ठूला खेल खेलेका हुन्छन् र शिकार बन्छन् । यस्ताे खेलले सडककाे बास नै बनाउन सक्छ । केहि लगानीकर्ता शेयर किन्दा पनि उत्ताउला देखिन्छन र शेयर बेच्दा पनि उस्तै हर्कत देखाउँछन् र बजारमा किनबेच जारी नै राख्छन र घाटामा जान्छन जसले अन्त्यमा बजारनै छोड्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *