सेयर बजार: आइतबार भारी गिरावट, घट्याे कारोबार रकम

काठमाडौं । आइतबार सेयर बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक भारी अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.६३ बिन्दुले घटेर एक हजार १८४.७८ बिन्दुमा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत आज १.९५ बिन्दुले घटेर २५९.२९ मा झरेको छ । परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि ओरालो  लागेको छ ।

१६९ कम्पनीको ११ लाख ४ हजार ३९५ कित्ता शेयर रु २९ करोड ७३ लाख ९८ हजार ३ मा खरीद बिक्री भएका छन् । एघार उपसमुह मध्धे १० उपसमुह ओरालो लागेको र वित्तमा १ दशमलव ४७ ले सुधार आएकाे छ ।

यस्तै, बैंकिङ ७ दशमलव १४, जलविद्युत् १९ दशमलव ७३, होटल ३५ दशमलव ९६, विकास बैंक ३ दशमलव ३२, निर्जीवन बीमा ८० दशमलव ०७, अन्य ४ दशमलव ५, लघुवित्त १३ दशमलव ०४, जीवन बीमा १४३ दशमलव ४९ र सामूहिक लगानी कोष ० दशमलव ०८ अङ्कले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *