संक्रमितको संख्या बढेपछि थर्ड आई युथ क्लबले….

काठमाण्डौं । संक्रमितको संख्या बढिरहेको अबस्थामा थर्ड आई युथ क्लबले अर्को सुचना जारी नभएसम्मलाई बानेश्वरमा लकडाउनबाट प्रभावितलाई खाना वितरण कार्य स्थगन गरेको छ ।

कोरना भाइरस कोविड १९ को कारण लकडाउनबाट प्रभावित नयाँ बानेश्वरका ब्यक्तीहरुलाई थर्ड आई युथ क्लबको सकृयतामा काव्य स्कुलको प्रागंणमा खाना वितरण गरिएको र हाल काठमाण्डौंमा जोखिमपूर्ण अबस्थामा रहेको एंव संक्रमितको संख्या पनि बढिरहेको अबस्थामा अर्को सुचना जारी नभएसम्मलाई सो कार्य स्थगन गरिएको हो ।

काव्य स्कुल परिवार, BHAKTA BB Helping Hands for Humanity ,Nepal Sewa Samaj GIFU Help Japan People, बानेश्वरका स्थानीयहरु , प्रदेश सभा सदस्यहरु, विशेष समन्वयमा का.म.न.पा. वडा न .१० परिवार,महानगरिय प्रहरी कार्यलय वृत नयाँबानेश्वर, अहोरात निस्वार्थ स्वयम् सेवामा खटिनुहुने साथीहरु, क्लबका आजिवन सदस्यहरु, संरक्षक, सल्लाहकारहरु र क्लबका पदाधिकारीहरुको सहयोगमा २१ सौं दिनसम्म बानेश्वरमा खाना वितरण गर्ने कार्य भएको थियो ।

काव्य स्कुलको प्रागंणमा मिती २०७७ बैशाख १६ गते देखि जेठ ५ गतेसम्म दिउसो ३ बजे देखि ५ बजे सम्म दैनिक ३५० देखि ४०० प्याकिङ्घ खाना वितरण गरिएको थियो ।

हाल कोरोना भाइरस नेपालमा जोखिमपूर्ण अबस्थामा रहेको एंव संक्रमितको संख्या पनि बढिरहेको अबस्थामा अर्को सुचना जारी नभएसम्मलाई थर्ड आई युथ क्लबले सो कार्य स्थगन गरेको कुरा क्लबका सचिव विनोद थपलियाले हामीलाई जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *