विद्युतीय कार्ड मार्फत कारोबार गर्ने ग्राहकसँग अतिरिक्त शुल्क लिन नपाइनेः राष्ट्र बैंक

काठमाडाैं । अब विद्युतीय कार्ड प्रयोग गरी मसिनमार्फत कारोबार गर्ने ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाइने भएकाे छ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कुनै पनि डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतका मर्चेन्टहरुबाट Point of Sale (POS) मसिनमार्फत कारोबार गर्दा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरेको छ ।

कुनै मर्चेन्टलेअकारोबार रकम बाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको बिल र भुक्तानी रसिद सहित कार्ड जारी गर्ने संस्थामा सम्पर्क राख्न अनुरोध समेत गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *