यसरी हुदैछ मौद्रिक नीति तर्जुमाको प्रारम्भिक काम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जूृमा लागि प्रारम्भिक काम अघि बढाएको जनाएको छ ।

राष्ट्र बैंकले मुलुकको बदलिंदो अवस्थालाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि आवश्यक सुझाव संकलनको काम शुरु गरेको र विभिन्न निकायहरु संग सुझाव समेत आव्हान गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिनु भयो ।

नेपाल राष्ट्र बैंकले साउनको पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी अघि बढाएकोे हो ।

राष्ट्र बैंकले बजारमा लगानीको साधन उपलब्ध गराउने, वित्तीय साधनलाई मुलुकको प्राथमिकताको क्षेत्रमा प्रवाह गराउने र व्यापारिक क्रियाकलापहरुलाई सूचारु गराउन वित्तीय क्षेत्रलाई सहयोग पुर्याउने गरी आगामी मौद्रिक नीतिको तयारी गरिरहेको पनि प्रवक्ता भट्टले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *