भारतिय कलाकार इरफान खानको मृत्यु

मुम्बई । मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा इरफान खानको ५४ वर्षको उमेरमा मृत्यु भएको हाे।

सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो । संक्रमण भएकाले खानलाई आइसीयूमा भर्ना गरिएको उनका प्रवक्ताले मंगलबार जनाएका थिए।

गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो। इरफान खानले लाइफ अफ पाई, जुरासिक वल्र्ड, पिकु, बिल्लु, हिन्दी मेडियम, अंग्रेजी मेडियम, गुन्डेजस्ता चर्चित हलिउड तथा बलिउड चलचित्रमा अभियन गरेका छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *