बैंकिङ्ग कसूर लागेका केहीलाई मात्र जेल अझै कयौँ दोषीहरु फरार


काठमाडाैं । पछिल्लो समय बैंकिङ्ग कसूर लागेका केहीलाई मात्र जेल चलान गरिएपनि अझै कयौँ दोषीहरु फरार अवस्थामा छन् । बैंकिङ्ग कसूरका घटना सबैभन्दा बढी काठमाडौं उपत्यकामा देखिएको छ ।

गत आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा मात्रै दुई हजार ५६६ विरुद्द बैंकिङ्ग कसूरमा मुद्दा दर्ता भएको थियाे । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँमा २ हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो ।

बैंकिङ्ग कसूरमा काठमाडौँमा १५, ललितपुरमा ३ र भक्तपुरमा ३ ओटा कार्यालयबाट मुद्दा चल्दै आएको छ ।

यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैंकिङ्ग कसूरमा मुद्दा चल्दै आएको छ । मुलुकभर आर्थिक वर्ष २०७५/०७६ मा २ हजार ६२० जनाविरुद्द बैंकिङ्ग कसूरमा मुद्दा चलाइएको छ ।

हालै मात्र कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्री कीर्ते बैंक ग्यारेन्टी गरेको आरोपमा पक्राउ मात्र परेनन् पदबाट पनि बरखास्त भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *