नेपालीको स्वाभिमानमा चोट पुुुुुुुुर्याउने भारतीय सञ्चार माध्यम विरुद्ध सरकार….

काठमाडौँ । अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपाल र नेपालीको स्वाभिमानमा चोट पुग्ने गरी भारतीय सञ्चार माध्यममा आएका समाचारहरू विरुद्ध सरकारले कुटनैनिक, कानुनी र राजनैतिक सबै प्रकारका उपचार खोज्ने बताएका छन् ।

मन्त्रिपरिषद्को यही असार २३ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले भारतीय सञ्चार माध्यमहरूलाई लक्षित गर्दै चरित्र हत्या गर्ने र दुर्भाव फैलाउने गरी आएका समाचार तथा विश्लेषण हरूको सरकारले भर्त्सना गर्ने बताए ।

मन्त्री खतिवडाले भारतीय सञ्चार माध्यमहरूलाई लक्षित गर्दै स्व–अनुशासन र मर्यादा भित्र रहन तथा सत्य तथ्यमा आधारित समाचार मात्रै प्रसारण गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *