नेपालमा कुल संक्रमितको संख्या १२ हजार ७ सय नाग्यो

काठमाडौं । आज थप ४ सय ६३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ३ सय ५८ जना पुरुष र १ सय ५० जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म ११ हजार २ सय ५८ जना पुरुष र १ हजार ४ सय ७४ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप १ सय ७९ जना कोरोना भाइरसको संक्रमण मुक्त भएसंगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या ३ हजार १३ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आईसोलेसन सेन्टरबाट १ सय ६६ जना पुरूष र १३ जना महिला संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सम्म २ सय ५५ जना महिला र २ हजार ७ सय ५८ जना पुरुष संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न २२ वटा प्रयोगशालामा गएको २४ घण्टामा ४ हजार ९ सय ६२ वटा पिसिआर र २ हजार ७ सय ३२ वटा आर डि टी विधिबाट परीक्षण गरिएको प्रवक्ता प्रा.डा. गौतमले जनाकारी दिनुभयो ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा ९ हजार ७ सय ३१ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *