नाडा अटो शो २०१९ सुरु

काठमाडौं । अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ‘नाडा अटो शो–२०१९
भृकुटीमण्डपमा १४ औं संस्करणको सुरू भएको छ ।

आजबाट सुरु भएको नाडा अटो शो- २०१९ उद्घाटन अर्थमन्त्री डा. यूवराज खतिवडाले गरेका छन् । मेलामा १ सय ६० स्टल ९५ ब्रान्डको सहभागिता रहेकाे छ । मेलामा सवारी साधन वाहेक लुब्रिकेन्ट,टायर,एसेसरिज र बैंक तथा वित्तीय संस्था बाक्लाे छ । मेलामा २३ वटा ब्राण्डका चारपाँग्रे सवारीसाधनको स्टल, १९ वटा ब्राण्डका दुई पाँग्रे सवारीसाधन, नौवटा ब्राण्डका टायर, पाँचवटा ब्राण्डका ब्याट्री, १४ वटा ब्राण्डका पार्टपुर्जा र १३ वटा वित्तीय संस्थाहरुको स्टल राखिएकाे छ ।

मेलामा साधारण टिकटको रु. २०० र विद्यार्थीलाई १५० रुपैयाँ तोकिएको छ । मेला १५ गते सम्म ६ दिन चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *