थप दुई सय १० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । कोरोना भाइरसबाट आज थप दई सय १० जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले आज छ हजार ३७ वटा नमुना परीक्षण गर्दा थप दुई सय १० जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा गौतमका अनुसार आज देशका विभिन्न आइसोलेसन सेन्टरमा पाँच हजार तीन सय ६० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसै गरी आज थप एक सय ४६ जना सङ्क्रमण मुक्त भएसँगै हालसम्म कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किनेको कूल सङ्ख्या १४ हजार २१ पुगेको छ ।

रौतहट र कैलालीमा पाँच सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने भोजपुर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच जिल्लाका सबै सङ्क्रमित सङ्क्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *