ट्रम्पविरुद्ध महाअभियोग: सिनेटमा प्रक्रिया सुरु

वासिंगटन । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले सिनेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव पठाएको छ ।

हाउस अफ रिप्रेजेन्टेटिभ्समा डेमोक्र्याटिक पार्टीको बहुमत रहे पनि सिनेटमा रिपब्लिकनको  बहुमत छ । राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव माथिल्लो सदन सिनेटमा पठाएको हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख नान्सी पेलोसीले बताइन् ।

शक्ति दुरुपयोग र संसद्को कामकारबाहीमा अवरोध पुर्‍याएको आरोप ट्रम्पलाई लगाएका छन् । ट्रम्प र उनका समर्थकले ती आरोप अस्वीकार गर्दै उनीहरूले ट्रम्पविरुद्धको महाअभियोगको प्रस्तावलाई पक्षपातपूर्ण र आक्रोशबाट चालिएको कदम भनेका छन् ।

राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव हाउस अफ रिप्रिजेन्टेटिभ्सले गत महिना पारित गरेको थियो । माथिल्लो सदनले पनि सो प्रस्ताव पारित गरेमा उनी स्वतः पदमुक्त हुनेछ ।

यसअघि हाउस अफ रिप्रेजेन्टेटिभ्समा उनीमाथि महाअभियोग लगाउनेसम्बन्धी प्रस्तावमा मतदान हुँदा दुई सय २८ जनाले पक्षमा र एक सय ९३ ले विपक्षमा मतदान गरेका थिए । अमेरिकी इतिहासमा महाअभियोग सामना गर्ने राष्ट्रपतिहरूमध्ये ट्रम्प तेस्रो राष्ट्रप्रमुख हुन् । सिनेटमा पठाइएको प्रस्तावको बाँकी प्रक्रिया अर्को हप्ताबाट अघि बढ्नेछ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *