चार वटा पक्की पुल निमार्ण, ४६ किलोमिटर सडक कालोपत्रे

विराटनगर । डिभिजन सडक कार्यालय प्रदेश न १ विराटनगरले गत आर्थिक वर्ष ४६ किलोमिटर कालोपत्रे सडकको निमार्ण सम्पन्न गरेको छ ।
कार्यालयले तराई मधेस सडक पुुर्वाधार विशेष कार्यक्रम अन्तर्गत मोरङ र सुनसरी जिल्लामा कालो पत्रे सडक निमार्ण गरेको हो । ५० करोड रुपैयाँको लागतमा सडक विस्तार एवं कालोपत्रे गर्ने काम सम्पन्न भएको डिभिजन कार्यालयका प्रमुख पशुपती ज्ञवालीले बताउनुभयो ।

कार्यालयले ८२ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य लिए पनि लकडाउनका कारण ४६ किलोमिटर सड कालो पत्रे गर्ने काम भएको र बाँकी सडकको ६० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख ज्ञवालीको भनाई छ ।

लकडाउनको समयमा पनि स्वास्थ्य सुरक्षा अपनाउँदै सडक तथा पुल निमार्णको कामलाई कार्यालयले तीव्रता दिएको थियो ।

स्थानीय सडक पुल निमार्ण कार्यक्रम अन्तर्गत चार वटा खोलामा ठुुलाठुुला पुलको निमार्णको काम समेत सम्पन्न भएका छन् । कार्यालयका अनुसार ६ वटा पुलको निमार्ण कार्य समेत अन्तिम चरणमा पुगेको छ ।

८० प्रतिशत काम पुुरा भएको सो पुल चालु आर्थिक वर्ष भित्रमा सम्पन्न हुने जनाएको छ । लामो समयदेखि पुल नभएका स्थानहरूमा पुल निमार्ण गरिएको हो ।

त्यस्तै कार्यालयले १९ वटा मुख्य सडकहरूको विस्तार एवं मर्मत गर्ने काम समेत सम्पन्न गरेको छ । त्यसबाहेक कार्यालयले पुुर्व पश्चिम राजमार्ग तथा सहायक मार्गको स्तरउन्नती पुल पुलेसो मर्मत सम्भार एवं पुनर्स्थापना समेत गरेको जनाएको छ । ्

कार्यालय अन्तर्गत गत आर्थिक वर्षमा एक अर्व ३६ करोड रकम विनियोजित भएकोमा एक अर्व २० करोड रकम खर्च भएको जनाएको छ । कार्यालयले गत वर्ष ८८ प्रतिशत वित्तीय प्रगति गरेको जनाएको छ ।

वर्डगा, आमवारी उर्लाबारी सडक, देवानगन्ज कपतानगन्ज सडक, साहेवगन्ज अमडुुवा चिमडी सडक तथा रामचौकदेखि सिसवनी जहदा लगायत आधा दर्जन सडक विस्तार एवं कालोपत्रे गर्नुका साथै जुुडि, थलाहा तथा औरहीलगायतका स्थानका खोलामा पुल निमार्ण गरिएको हो ।
लकडाउनको समयमा मुख्य राजमार्गसहित सीमा जोडिएका सडकको स्तर उन्नति गर्नुका साथै लामो समयदेखि जग निमार्ण भएर छुटेका तथा ढलान गर्न बाकी रहेका पुुलहरुको निमार्ण सम्पन्न गरेकाले अहिले वर्षाको समयमा पनि आवत जावतगर्न सहज भएको कार्यालय प्रमुख ज्ञवालीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *