खटेका नेपाली सेनामा कोरोना सङ्क्रमण


महोत्तरी । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । महोत्तरीको जलेश्वर स्थित रणभीम गणका १० जना नेपाली सेनामा सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणका कारण महोत्तरीको महोत्तरी गाउँपालिका मडईका ६० वर्षीय पुरुषको मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएकाहरूमा सङ्क्रमण देखिएको हो । शव व्यवस्थापनमा खटिएका २० जना नेपाली सेनाको स्वाब परीक्षण गर्न लगाएकोमा १० जनामा सङ्क्रमण पुष्टि भएको र सङ्क्रमित सबै जना केही दिनअघि कोरोना सङ्क्रमणका कारण मृत्यु भएका एक जनाको शव व्यवस्थापनमा खटेको प्रजिअ कटुवालले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कटुवालले सङ्क्रमित सबै जनालाई बर्दिबास नगरपालिका ६ स्थित नेपाली सेनाको पृतनामा रहेको नेपाली सेनाको क्वारेनटाइनमा पठाइएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *