उपत्यकामा छ सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । उपत्यकामा आज थप छ सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा अनुसार उपत्यकामा थप छ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरूमा काठमाडौँमा पाँच सय ५५ जना, ललितपुरमा ३५ जना र भक्तपुरमा ८६ जना गरी आज उपत्यकामा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यसै गरी आज देशभर चार सय ४६ जना महिला र एक हजार १३ जना पुरुष गरी एक हजार चार सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५६ हजार सात सय ८८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *