उपत्यकाको बाहिरी चक्रपथ विस्तार गर्न चाइना कम्यूनिकेशन कन्स्ट्रक्सनकाे आशयपत्र स्वीकृत

Outer Ring Road. Illustration: Ratna Sagar Shrestha/ THT

काठमाडौं। लगानी बोर्डकाे बैठकले उपत्यकाको बाहिरी चक्रपथ विस्तार गर्न चाइना कम्यूनिकेशन कन्स्ट्रक्सन कम्पनीको आशयपत्र स्वीकृत गरेको छ। २०६१/०६२ को बजेटले अघि सारेको यो आयोजना १४ वर्षपछि पुन अघि बढ्न लागेको हो।

यो चक्रपथ निर्माणका लागि सुरुमा ६ अर्ब लागत लाग्ने भनिएता पनि अहिले रकम बढि सकेको छ। आयोजनाका अनुसार यो सडक ८ लेनको हुनेछ। जसका लागि ७ हजार २ सय रोपनी जग्गा आवश्यक हुन्छ। यदि जग्गाको मुअब्जा वितरण गर्नु परेमा यो आयोजना झनै महङ्गो बन्न जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *